राजदेवी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

राजदेवी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुर– क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरबाट चोरी भएका मूर्ति तथा सुन चाँदी र पितलका गरगहना, पेस्तोललगायत हातहतियारसहित पाँच आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । फागुन १४ गते राति उक्त मन्दिरको ताल्चा फोरेर बहुमूल्य सरसामानहरु चोरी गरिएको थियो । शनिबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न भनिएका व्यक्तिहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका ४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्लाह साह, सोही नपा ४ बस्ने २२ वर्षीय नर्सुद्दिन साह र ३० वर्षीय सरिफ मुसलमान तथा कमला नगरपालिका ७ बस्ने २२ वर्षीय रमेशकुमार महतो रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

आरोपहरूको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने १ थान गोली, १३ थान मोबाइल, ११ हजार ५ सय नगद, मूर्ति, मुकुट आदि गरी करिब २ केजी चाँदी, पूजामा प्रयोग हुने सुन चाँदीका गरगहना, भाँडा वर्तनसँगै ताल्चा फोड्न प्रयोग हुने फलामको छेनी, घन, खुकुरीलगायतका सामानहरू बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

रमदैयास्थित राजदेवी मन्दिरमा जडान गरिएको सीसी टिभी क्यामराको फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले शुक्रबार विदेह नगरपालिका ४ का सरिफ मुसलमानलाई नियन्त्रणमा लिएको थियो ।

 त्यसपछि सरिफकै सूचनाको आधारमा भारततर्फ भाग्दै गरेका रजाक मोहम्मद, हबगुल्लाह शाह, रमेश महतो तथा नर्सुद्दिन शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ६ : १३ बजे

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला