अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन | Khabarhub Khabarhub

अलपत्र तार व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छिन् । 

आज यहाँ प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनुअघि तार व्यवस्थापनमा जुट्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘ललितपुर महानगरपालिकामा  स्थानीयले पुरातात्विक  क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरूले काट्ने भनी चेतावनी दिनुभएको रहेछ  । चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।’

उनले थपिन्, “सड्कलाई सुन्दर र व्यवस्थित बनाउन अव्यवस्थित तार हटाइ व्यवस्थित गर्न जरुरी छ यसको सुरुवात ठूला सहरबाट सुरु गरौँ ।” प्राधिकरणलाई आवश्यक कानुन र नियमावली बनाउन मन्त्रालय लागि परेको बताउँदै मन्त्री शर्माले तत्काल गर्न सकिने कामका लागि सरोकारवाला जुट्नुपर्ने बताइन्। 

“आवश्यकता अनुसार सेवा प्रदायक संस्थाको सहकार्य र समन्वयमा तत्काल गर्न सकिने काम सुरु गरौँ,” उनले भनिन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले प्राधिकरणले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न सुझाव दिइन्। उनले भनिन्, “ कानुन संशोधनको थालनी भइसकेको छ ।

 प्राधिकरणले सेवा विस्तार गुणस्तर बढाइ राम्रो नतिजा दिने गरी काम गर्नुपर्छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरमा अव्यवस्थित रुपमा रहेका तार व्यवस्थापनका लागि भूमिगत रुपमा अप्टिकल फाइबर राख्ने काम थालनी भएको जानकारी दिइन्।

सडक विस्तार र खम्बा सार्ने तथा तार व्यवस्थापन गर्ने क्रममा दूरसञ्चार पूर्वाधारमा असर परेको भन्दै उनले मन्त्रालयको ध्यानाकर्षण समेत गराइन् ।  ‘सडक विस्तार र खम्बा सार्ने तथा तार व्यवस्थापन गर्ने क्रममा दूरसञ्चार पूर्वाधारमा क्षति पुगेको छ । यसको तत्काल व्यवस्थापन हुन नसकेमा सूचना प्रविधिमा आधारित राज्यका महत्वपूर्ण काममा ठूलो अवरोध सिर्जना हुनसक्ने जोखिम देखिएको छ । यसको समाधानका लागि आवश्यक पहल गर्न मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु’, उनले भनिन्। 

प्राधिकरणअनुसार ७७ जिल्लाका प्रमुख सहरमा एक करोडभन्दा बढी सेवाग्राही फोरजी सेवाबाट लाभान्वित भएका छन् । अध्यक्ष खनालले हालसम्म साइबर सुरक्षाका दृष्टिले दुई सयभन्दा बढी वेबसाइट बन्द गरिएको  र साइबर कानूनको मस्यौदा तयार गरी पेश गरिएको जानकारी दिइन्। 

प्राधिकरणका अनुसार  यसअघि सेवा नपुगेका सात सय आठ स्थानीय निकाय, पाँच हजार नौ सय ३३ वडा कार्यालय, चार हजार चार सय ४९ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय १८ सामुदायिक विद्यालयमा गरी जम्मा १६ हजार दुई सय ८ स्थानमा ९९ प्रतिशत इन्टरनेटको पहुँच विस्तार गरिएको प्राधिकरणको भनाइ छ भने बाँकी विकट स्थानमा आगामी चैत मसान्तसम्ममा सेवा विस्तार गर्ने प्राधिकरणको प्रतिबद्धता छ । 

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ६ : २४ बजे

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि

उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकको मोर्चाबन्दी, काउन्सिलको अधिकार खोसिएको आरोप

उपचारका क्रममा बिरामीको मृत्यु हुने, लापरवाहीले मृत्यु भएको भन्दै मृतकका

मणिमण्डप क्षेत्रमा सौन्दर्यीकरणको काम अन्तिम चरणमा

महेन्द्रनगर– जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप