रूपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्नेमा ओलीको जोड « Khabarhub

रूपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्नेमा ओलीको जोड


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रूपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए ।

‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ’, उनले भने, ‘हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्‍याउनुपर्दछ ।’ उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध  र अनुशासित बनाएर काम गर्न निर्देशन दिए । 

उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताए । ‘पार्टीले भेद्भाव गर्दैन । भेद्भाव आफूले आफैँलाई नगरौँ’, उनले थपे । 

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए। उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसंगठन पेसागत महासङ्घ नेपालमा समाहित भएको थियो । 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : १९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच