कर्णाली र सुदूरपश्चिम केन्द्रित बजेट आउँछ : उपसभापति खड्का « Khabarhub

कर्णाली र सुदूरपश्चिम केन्द्रित बजेट आउँछ : उपसभापति खड्का


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसङ्ख्या भए पनि ठूलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताएका हुन्। दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने सङ्घीय सरकारको यसअघिको परम्परालाई तोडिने उनको दाबी थियो ।

“वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेता विसं २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ”, उनले भने, “यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्म अनुसार काम हुन्छ ।”

पूर्व गृहमन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले भेरी नदी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताउनुभयो । छन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आह्वान गरिएको उनको भनाइ छ । मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : २६ बजे

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको