कर्णाली र सुदूरपश्चिम केन्द्रित बजेट आउँछ : उपसभापति खड्का « Khabarhub

कर्णाली र सुदूरपश्चिम केन्द्रित बजेट आउँछ : उपसभापति खड्का


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसङ्ख्या भए पनि ठूलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताएका हुन्। दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने सङ्घीय सरकारको यसअघिको परम्परालाई तोडिने उनको दाबी थियो ।

“वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेता विसं २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ”, उनले भने, “यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्म अनुसार काम हुन्छ ।”

पूर्व गृहमन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले भेरी नदी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताउनुभयो । छन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आह्वान गरिएको उनको भनाइ छ । मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : २६ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी