नियमित सफाइ नहुँदा चायाको समस्या « Khabarhub

नियमित सफाइ नहुँदा चायाको समस्या


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मान्छेलाई कपालमा चाया पर्ने समस्याले धेरै पिरोलेको छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ र त्यस्तो गर्नु हुँदैन। कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जरा बाट नै आउने हो। मानिसको कपालमा जाडो र गर्मी दुबै मौसममा चाया पर्ने गर्दछ। कपालमा चाया पर्ने समस्याका कारण अधिकाशं मानिस तनावमा हुने गर्दछन्। कपालको नियमित सफाइ नहुँदा टाउकोमा चाया पर्ने सम्भावना बढी हुन्छ।

कपालमा चाया पर्ने समस्या किन हुन्छ ?
कपालमा आउने चायाले छालाको माथिल्लो तह विस्तारै उक्किँदै जाने हुन्छ। यो फंगस इन्फेक्सन भयो भने ढुसी आउने पनि हुन्छ।

चाया रोक्ने उपाय
चाया रोक्न विभिन्न उपाय अपनाउन सकिन्छ। नुहाउँदा नियमित रुपमा एउटै स्याम्पुको प्रयोग गर्नु राम्रो हुन्छ। चाया देखिहाले एन्टी डेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्नुपर्छ।
चाया परेको व्यक्तिले प्रयोग गर्ने काइयो, तौली, हेल्मेट अरूले प्रयोग गर्नु हुँदैन। यसो गरेमा चाया एकबाट अर्कोमा सर्दै जान्छ।

कपडा धुँदा पनि आफ्नो सिरानीको खोल, टोपी छुट्टै राखेर सफा गर्नु निकै राम्रो हुन्छ। हेल्मेट समय सयमा धोइराख्ने गर्दा धेरै फाइदा हुन्छ।

जैतनको तेल, नरिवलको तेल, तोरीको तेल कपालमा लगाउनुपर्छ। कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चाया हट्छ।
धेरै नै चाया आयो भने विषेशज्ञ डाक्टरको औषधि अनिवार्य रुपमा लिनुपर्छ। पहाड तिर रिट्ठा भन्ने पाउँछ, त्यो लगाउँदा पनि हुन्छ। एलोभेरा मिसिएको स्याम्पु लगाउँदा पनि हुन्छ।

चायाबाट छुटकार पाउन हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्दा अत्याधिक लाभ मिल्नुका साथै चाया पर्ने समस्या कम हुँदै जान्छ।

(खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शम्भु जोशीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै