जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा सेवाग्राहीलाई जानकारी « Khabarhub

जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा सेवाग्राहीलाई जानकारी


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ ।

यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मको विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले स्थानीय प्रशासनले किनारा लगाउने मुद्दाअन्तर्गत अभद्र व्यवहारमा परेको ४९ मुद्दामध्ये १० फैसला भई ३९ फछ्र्यौट प्रक्रियाका रहेको जानकारी दिएका छन् । उनले विकास निर्माणमा सहजीकरण, जलविद्युत् आयोजनाको सुरक्षा व्यवस्था, राजमार्ग नियमित सुचारुको अनुगमनलगायत कार्य गर्दै आएको बताए ।

प्रजिअ प्रकाशचन्द्र अधिकारीले सेवा प्रदायक निकायसँग गुनासो भए तत्काल सूचना दिई सहयोग गर्न सेवाग्राहीसंग आग्रह गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ४० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी