स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने « Khabarhub

स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् । 

नेत्रविक्रम  चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजित बुढाथोकीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि गठबन्धन गर्ने भएका हुन् । 

चार विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अहिले आफूहरूले सत्ताको विकल्प खोजिरहेको बताए । अहिले राज्यका हरेक क्षेत्रमा सिन्डिकेट रहेको र विश्वविद्यालयमा रहेको राजनीतिक सिन्डिकेट तोड्नका लागि आफूहरू संगठित भएको जिकिर गरे ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले संसदीय राज्य व्यवस्थाको विरुद्ध कम्युनिष्ट शक्तिहरू एक हुनुको विकल्प नभएको बताए । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : २३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको