पहिरोले बुढीग‌ंगा थुन्यो, सचेत हुन स्थानीयलाई आग्रह « Khabarhub

पहिरोले बुढीग‌ंगा थुन्यो, सचेत हुन स्थानीयलाई आग्रह


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा-पहिरोले बुढिगंगा नदी थुनिएपछि सचेत रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षासँगै पहिरो खसेका कारण नदी थुनिएपछि सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अिधकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोले नदी थुनिएको छ ।

पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ । यो जानकारी गृहमन्त्रालयलाई गराइसकिएको पनि न्यौपानेले बताए ।

जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ। साँफेबगरका स्थानीय पनि त्रसित बनेका छन्।

थुनिएको नदी जतिबेला पनि फुट्न सक्ने भएकाले स्थानीयमा त्रास बढेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ९ : १३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ