पहिरोले बुढीग‌ंगा थुन्यो, सचेत हुन स्थानीयलाई आग्रह « Khabarhub

पहिरोले बुढीग‌ंगा थुन्यो, सचेत हुन स्थानीयलाई आग्रह


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा-पहिरोले बुढिगंगा नदी थुनिएपछि सचेत रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। लगातारको वर्षासँगै पहिरो खसेका कारण नदी थुनिएपछि सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अिधकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोले नदी थुनिएको छ ।

पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ । यो जानकारी गृहमन्त्रालयलाई गराइसकिएको पनि न्यौपानेले बताए ।

जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ। साँफेबगरका स्थानीय पनि त्रसित बनेका छन्।

थुनिएको नदी जतिबेला पनि फुट्न सक्ने भएकाले स्थानीयमा त्रास बढेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ९ : १३ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः