काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज काठमाडौँमा बिहान ८ : ४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् पौडेलले बताए । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने सम्भावना छ । मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ४३ बजे

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको