नयाँ राष्ट्रपति आजै साँझ ७ बजे घोषणा गरिने « Khabarhub

नयाँ राष्ट्रपति आजै साँझ ७ बजे घोषणा गरिने


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भएको छ ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार साँझ ७ बजेभित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाबानेश्वरभित्र मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदानस्थलमा नै मत गणना गर्नेछौँ र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने ।

संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : २४ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई