सत्य निरुपणसम्बन्धि विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

सत्य निरुपणसम्बन्धि विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धिसंशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री प्रेस संयोजक सुर्य किरणले जानकारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने दिनमै सरकारले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउन चाहेको सन्देश दिएको छ। तर २०७१ माघमा बनेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अहिले पदाधिकारीविहीन भएर करिब निष्क्रिय अवस्थामा छन्।

आयोगमा ८ वर्षको अवधिमा पीडितबाट ६४ हजार उजुरी संकलन भएका छन्। नेपालमा २०५२ देखि सुरु भएको सशस्त्र द्वन्द्व १० वर्ष चलेको थियो। त्यसक्रममा भएका घटनालाई संक्रमणकालीन न्यायको संयन्त्रमार्फत टुंग्याउने सहमति सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीले २०६३ मा गरेका थिए ।

यस्तै आजको मन्त्रीपरिषदले फलफूल,तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ११ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख