अविरल वर्षाले तराई प्रभावित : सिरहा जलमग्न, जनकपुरका सरकारी कार्यालय डुबे | Khabarhub Khabarhub

अविरल वर्षाले तराई प्रभावित : सिरहा जलमग्न, जनकपुरका सरकारी कार्यालय डुबे


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन/चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म बाढी पानीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखेका छौँ ।’ बाढीले पुर्‍याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ । खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पुर्‍याउने गरेको छ । सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ ।

जलमग्न जनकपुर

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ । निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

राष्ट्रिय समाचार समिति कार्यालयमा पानी पस्दा कागजातहरू क्षति पुर्‍याएको छ भने समाचार सम्प्रेषणमा समेत समस्या उत्पन्न भएको छ । अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ४७ बजे

मालीको राजधानीेमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु

बामाको – मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र

‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने

काठमाडौं- जोन योञ्जनको निर्माण र निर्देशनमा बनको फिल्म ‘आँखा’को विशेष

फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागे : नवल खड्का

काठमाडौं – निर्देशक तथा नायक नवल खड्काले फिल्म ‘काँडेतार’लाई हलमा

 आजका समाचार : देशभर संविधान दिवस, १६ राजदूत अनुमोदित र लेबनानमा पेजर र वाकीटकी प्रतिबन्ध

टुँडिखेलमा संविधान दिवस  संविधान र राष्ट्रिय दिवसको अवसरमा सैनिक मञ्च

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी

काठमाडौं- फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विशेष शो गरिने भएको