चितवन राष्ट्रिय निकुञ्जमा वयस्क भाले गैँडा मृत फेला « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा वयस्क भाले गैँडा मृत फेला


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।  

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला परेको जानकारी दिएका छन् । दुई गैँडा एकापसमा जुधेर मरेको हुनसक्ने अनुसन्धानबाट खुलेको तिवारीले उल्लेख गरे । मृतक भाले गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालु आर्थिक वर्ष २०७९-८० मा १३ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुईवटा चोरीसिकारीका कारण मरेका निकुञ्जले जनाएको छ । गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १२ : ५८ बजे

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने