१३ दिनको शिशु चोरी गर्ने पक्राउ | Khabarhub Khabarhub

१३ दिनको शिशु चोरी गर्ने पक्राउ


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो ।

पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मीना लिम्बू (विश्वकर्मा) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का जितनारायण मेहता र बबिता मेहताको १३ दिनको शिशु (छोरा) उनीहरुले चोरी गरेका थिए । बबिताले असार १३ गते छोरा जन्म दिएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमै राखेर उपचार भइरहेको थियो ।

सबै निदाएको मौका छोपी लीलाले आफ्नी भाउजुलाई बोलाएर शिशु चोरी गरेकी थिइन् । केही दिन अगाडिदेखि सुत्केरी तथा बच्चाको रेखदेखको बहानामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी लीलाले सबै निदाएको बेला भाउजु मीनालाई बोलाएर लगिएको पाइएको प्रनाउ न्यौपानेले बताए ।

बिहीबार दुवैविरुद्ध मानव अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रनाउ न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ५६ बजे

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रे– अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को टोली मुस्ताङमा

गण्डकी– नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया

एन्सेलोटीले रियल म्याड्रिड छाडेर ब्राजिलको राष्ट्रिय टोली हेर्ने  

रियो द जेनेरियो– ब्राजिलको राष्ट्रिय टोली सम्हाल्नका लागि कार्लोस एन्सेलोटीले

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी