अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ | Khabarhub Khabarhub

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार सर्लाहीको बलरा नगरपालिका – ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका– ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागि विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमि भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनको भनाई छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ८ : २५ बजे

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला – यो वर्ष जिल्लामा २० हजार पाँच सय ११

अम्बा बिक्री गरेर नुनतेलको जोहो

गुल्मी– जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र

आईपिएलका रिटेन खेलाडीमा बटलर अटाएनन्

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग आइपिएल (आइपिएल)का लागि खेलाडी

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव 

काठमाडौं– देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक

तिहारमा फूल बेच्न भ्याइनभ्याई

वेदकोट– बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन्