भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै | Khabarhub Khabarhub

भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीको धरानबाट माथिल्लो क्षेत्र भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना रु ३० करोड लागतमा सम्पन्न हुने बताइएको छ ।

वण्डर्स ग्रुपअन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिए ।

स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइवाकमा एकैपटकमा दुई सय जना हिँड्न सक्छन् । सिसाको स्काइवाकको तल भिर भएकाले बेग्लै अनुभव हुने पोखरेलको भनाइ छ ।

भेडेटारको हालको भ्यूटावर भएको ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको निर्देशक शर्माले बताए । काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको स्काइवाक टावर र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काइवाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ९ : ०३ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न