फ्रान्सको एफिल टावरबाट ‘आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण « Khabarhub

फ्रान्सको एफिल टावरबाट ‘आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा  १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पेरिस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण गर्न हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भए पनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे ।

दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिले पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सीमित रहने बताइन् । आमा छोरी मदर डटर लिभिङ्ग लिगेसी’ नामक  पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहिन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् । उनले आफूले दृष्टि नदेखे पनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहीन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन्।

अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरीः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३७ बजे

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौं– सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान

श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा