खार्पुनाथमा हेलिकप्टरमार्फत नुन ढुवानी « Khabarhub

खार्पुनाथमा हेलिकप्टरमार्फत नुन ढुवानी


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको छ । 

गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट  ढुवानीका लागि अनुदानको नुन बिक्री-वितरण गरिएको हो ।सबै वडामा एक हजार एक सय ९७ क्विन्टल नुन ढुवानी गरेर बिक्री गरिएकामा वडा नं १ मा तीन सय ५० क्विन्टल, २ मा दुई सय ५२ क्विन्टल, ३ मा दुई सय तीन क्विन्टल, ४ मा दुई सय क्विन्टल र ५ मा एक सय ५२ क्विन्टल नुन ढुवानी गरिएको थियो ।

सप्लायर्स कम्पनीसँग गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको विशेष समन्वयमा नुन गाउँपालिकाभरिका सबै वडामा ढुवानी भएर बिक्री गरिएको हो । पहिलो पटक गाउँपालिकावासीले आफ्नै गाउँमा वा वडामा उक्त नुन पाएका छन् । यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट गाउँवासीले छुटकारा पाएको अध्यक्ष रावलले बताए। हुम्लामा आयोडिनयुक्त नुन प्रतिकेजी नौ पर्छ । 

कर्पोरेशनको बाँकी एक हजार तीन क्विन्टल नुन हेलिकप्टरबाट सिमकोट विमानस्थलमा ढुवानी गरिएको छ । पैदलमार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड दुल्लीकुनासम्म गाडीमा ल्याइएको नुन त्यहाँबाट हेलिकोप्टरमार्फत ढुवानी भएको हो । 

कर्पोरेशनले नुन शाखाअन्तर्गतका तीनवटा गाउँपालिकाका लागि हिजोआज दैनिक बीसभन्दा बढी उडानमार्फत नुन ढुवानी गरिरहेको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ०९ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण