फोहर जलाउन इन्सिनेरेटर उपकरण सञ्चालनमा « Khabarhub

फोहर जलाउन इन्सिनेरेटर उपकरण सञ्चालनमा


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए ।

प्रतिघन्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो । सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहरलाई सुरक्षितरुपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ । इन्सिनेरेटर खरिदमा एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड लगानी हुने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए ।

फोहर छुट्याउने चेम्बर, गाडी पार्किङलगायतस्थाल  निर्माण गरेर एक महिनापछि फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उनले बताए । फोहर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ । झापामा १५ पालिकामध्ये इन्सिेनेरेटर भित्र्याउने शिवसताक्षी पहिलो पालिका हो ।  फोहर प्रशोधन केन्द्र सञ्चालनपछि नगरको फोहर व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो । 

फोहर प्रशोधन केन्द्रको व्यवस्थापनमा लाग्ने इन्धन, कर्मचारी र गाडीको व्यवस्थापनका लागि स्रोत जुटाउन नगरपालिकाले फोहर उत्पादन हुने प्रकृति हेरी नगरवासीसँग न्यूनतम् शुल्क असुल गर्ने जनाएको छ ।

घर, पसल र बजारबाट संकलन गरिएको फोहरलाई प्रशोधन केन्द्रसम्म ल्याउन खर्च लाग्ने हुँदा न्यूनतम शुल्क लिने निर्णय गरिएको नगरप्रमुख थोप्राले बताए। इन्सिनेरेटर सञ्चालन गर्न विद्युत् र डिजेल इन्धन आवश्यक पर्छ । प्रतिकेजी फोहर जलाउन औसत १२ सम्म लागत पर्ने हुँदा यसको प्रयोग महँगो हुने देखिएको छ । 

उक्त उपकरणको  क्षमताअनुसार शिवसताक्षी नगरभित्र फोहर उत्पादन कम हुने भएकाले छिमेकी पालिकासँग सहकार्य आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । ‘प्रतिघन्टा ३०० केजी फोहर जलाउने क्षमता उक्त उपकरणको  छ, बजार क्षेत्र धेरै नभएका कारण शिवसताक्षी नगरभित्र त्यति धेरै फोहर उत्पादन हुँदैन’, अधिकृत राईले भने, ‘छिमेकी पालिकाकोसमेत फोहर जलाउने व्यवस्था मिलाएर लागत शेयरिङ गर्ने हाम्रो योजना छ ।’

झापामा दमक, बिर्तामोड र मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै फोहरमैला उत्पादन हुने गरेको छ । बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले कनकाईको जामुनखाडीमा फोहरबाट जैविक ग्यास र कम्पोस्ट मल बनाउने संयुक्त परियोजना निर्माण गरेका छन् । 

दमकले एकल प्रयासमा फोहरबाट जैविक ग्यास उत्पादन गर्न थालिसकेको छ भने मेचीनगरमा अहिलेसम्म खोला किनारमा जथाभावी फोहर फ्याँक्ने गरिएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : २४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन