उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता « Khabarhub

उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ गते शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता, दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले आज निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ४० बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको