पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति « Khabarhub

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले संविधानको मर्म विपरीत कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसखालको व्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर छ। यसका साथै एमालेले बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका विषयमा पनि छलफल गरेको छ।

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : २५ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको