पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति « Khabarhub

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले संविधानको मर्म विपरीत कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसखालको व्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर छ। यसका साथै एमालेले बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका विषयमा पनि छलफल गरेको छ।

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : २५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि