तीनै तहको सरकारलाई बलियो बनाउनुपर्नेमा मन्त्री शर्माको जोड | Khabarhub Khabarhub

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्नेमा मन्त्री शर्माको जोड


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन्। 

मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, ‘स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।’

विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।’ गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताए। आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए। 

कार्यक्रममा गाउँपालिकाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ३८ बजे

अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै

सिड्नी- अष्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एक

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ

काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्‍मा छिरेका राष्ट्रिय

संसद् अवरोधबारे पाँच दलसँग छलफल गर्दै सभामुख

काठमाडौं– चौथो ठूलो दल रास्वपाले संसद् अवरोध जारी राखेको विषयमा

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी पूर्ववर्ती मारिएपछि चार दिनअघि मात्रै जिम्मेवारी