२४ लाख लिएर कार्यक्रममा गइनन् सोनाक्षी सिन्हा, प्रहरीकहाँ पुग्यो उजुरी | Khabarhub Khabarhub

२४ लाख लिएर कार्यक्रममा गइनन् सोनाक्षी सिन्हा, प्रहरीकहाँ पुग्यो उजुरी


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले २४ लाख रुपैयाँ लिएर पनि कार्यक्रममा नजाँदा फसेकी छिन् । युपी प्रहरीमा यही विषयलाई लिएर उजुरी परेको छ ।

सोनाक्षीविरुद्ध युपीको कटघर प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ । बिहीबार मुम्बई प्रहरी सोनाक्षीको जुहुस्थित रामायण बंगला पुगे । तर सोनाक्षी त्यहाँ थिइनन् ।

सोनाक्षीले सन् २०१८ मा स्टेज कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ लिएकी थिइन् । प्रहरीका अनुसार प्रमोद शर्मा नामक व्यक्तिले २४ नोभेम्बरमा उजुरी दिएका थिए ।

उजुरीकर्ताले ३० नोभेम्बरमा दिल्लीमा आयोजना गरिएको फेसन एण्ड ब्युटी अवार्ड कार्यक्रममा सामेल हुनका लागि २४ लाख दिइएको तर उनी नआएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १२ : २९ बजे

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा