'प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्ने गरी ऐन बन्छ' | Khabarhub Khabarhub

‘प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्ने गरी ऐन बन्छ’


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्ने गरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित संवैधानिक आयोगका प्रमुखसँग विधेयकमा आरक्षणको संरचनागत व्यवस्था र विधेयक तयारीको छलफल कार्यक्रममा मन्त्री मोदीले मुलुकमा सरुवा प्रणालीका खराब प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको जनाए।

उनले भने, ‘पहुँच भएको व्यक्ति सुगम ठाउँमा बस्ने र आवाजविहीन कर्मचारी पटक–पटक दुर्गममा सरुवा हुनु पर्नेलगायतका सरुवा प्रणालीको प्रवृत्तिलाई व्यवस्थित गर्छौँ ।’ संविधानका सिद्धान्तभित्र रहेर समानुपातिक समावेशितालाई न्यायगत ढङ्गले ऐनमा व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले तीन तहका सरकारबीच प्रशासनमा देखिएका आधा समस्या ऐनले समाधान गर्ने बताए ।

ऐन लामो समयसम्म अल्झिएको र आफूले जिम्मेवारी सम्हाल्दा नै ऐन जसरी पनि ल्याउन प्रतिबद्धता पूरा गर्ने र सुशासन कायम गर्ने जनाए।सबै आयोगका साझा उद्देश्य राष्ट्र र जनताको हितका लागि कार्य गर्ने रहेकाले विभिन्न आयोगबीच सहकार्य र समन्वय गरी संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर ऐन निर्माणमा तीव्रता दिने मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बताए ।

संविधानतः समानुपातिक समावेशितालाई अङ्गीकार गरेकाले ऐनमा मुलुकको आवश्यकताअनुसार समावेशिता कायम राख्दै समावेशीको माध्यमबाट राष्ट्रिय एकता कायम गर्ने भएकाले प्रवर्द्धन गर्न जरुर रहेका विभिन्न आयोगका प्रमुखहरूले छलफलमा राखेका थिए।

कार्यक्रममा विभिन्न संवैधानिक आयोगका प्रमुखले मुलुकमा समावेशिता कायम गर्नका लागि सकारात्मक विभेदलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने, विपन्न वर्गको सही पहिचान गरी परिचयपत्र वितरण गर्ने, महिला, मधेसी, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिको वास्तविक पहिचान गरी आरक्षणको व्यवस्था गर्नुपर्ने विषयमाथि छलफल भएको थियो ।

त्यस्तै विविधतालाई व्यवस्थापन गर्न समावेशी आवश्यकता रहेको, पिछडिएका क्षेत्रका व्यक्तिलाई निजामती सेवामा समावेश गराउन लोकसेवा कक्षा सञ्चालन गर्ने र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिनु पर्नेलगायतका विषयमाथि छलफलमा उठान भएको थियो ।

संसद्को अघिल्लो कार्यकालमा नै निजामती सेवा ऐन जारी हुनुपर्नेमा दलहरूबीच सहमति नहुँदा विधेयक संसद्मा फिर्ता भएको थियो । नेपालको संविधानको धारा ५१ (ग), धारा २३२ तथा कर्मचारी समायोजन ऐन, २०७५ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा प्रदेश वा स्थानीय तहले प्रदेश वा स्थानीय तहको सेवाको गठनसम्बन्धी कानुन बनाउँदा सङ्घीय निजामती सेवासम्बन्धी कानुनका आधारभूत सिद्धान्त र मान्यतालाई आधारका रूपमा लिनुपर्ने व्यवस्था रहेको छ ।

यसले पनि सङ्घीय निजामती सेवा ऐन नबनेसम्म प्रदेश र स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी कानुन बन्न नसक्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ३१ बजे

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको

 ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू)

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

घोराही– यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

म्याग्दी – यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर

यो केटाकेटीको खेल होइन, पाकिस्तानले इजरायलमा आणविक आक्रमण गर्दैन : विदेशमन्त्री दार

इस्लामाबाद– पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको