अहिलेको सत्तारुढ गठनबन्धन महिलाविरोधी : अध्यक्ष ओली « Khabarhub

अहिलेको सत्तारुढ गठनबन्धन महिलाविरोधी : अध्यक्ष ओली


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठनबन्धन महिलाविरोधी रहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको र महिलाविरोधी देखिएको बताएका हुन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने विषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राखे । 

ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै ओलीले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको भन्दै आफ्नो पार्टीमा आउन भनेपछि नेपालले अस्वीकार गरेको जिकिर गरे ।

ओलीले महिला आन्दोलनलाई डलर पचाउने माध्यममा रुपमा प्रयोग गर्न नहुने र वास्तविकरुपमै एमालेको महिला संगठनले मुलुकका लागि लडेको जिकिर गरे । उनले संगठनलाई बलियो बनाउन पनि सुझाव दिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : १५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर