विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल | Khabarhub Khabarhub

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए ।

जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताए ।

एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठीक भए पनि अवसरवादी हुनु निन्दनीय रहेको बताए । भेलालाई प्रशिक्षण दिनुहुँदै बरालले समाजवादको पूर्वाधार बनाउन विद्यालय सुधार, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको लडाइँ लड्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढ्न तयार रहेको बताए।

एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य सरिता गिरी र राजकुमार लेखीले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दललाई एकताबद्ध हुन आह्वान गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : १७ बजे

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने