विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल « Khabarhub

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए ।

जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताए ।

एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठीक भए पनि अवसरवादी हुनु निन्दनीय रहेको बताए । भेलालाई प्रशिक्षण दिनुहुँदै बरालले समाजवादको पूर्वाधार बनाउन विद्यालय सुधार, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको लडाइँ लड्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढ्न तयार रहेको बताए।

एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य सरिता गिरी र राजकुमार लेखीले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दललाई एकताबद्ध हुन आह्वान गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : १७ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई