मन्त्री लालबाबु पण्डित विरुद्ध नाराबाजी र हुलदंगा, अंगरक्षकले भीडबाट निकाले « Khabarhub

मन्त्री लालबाबु पण्डित विरुद्ध नाराबाजी र हुलदंगा, अंगरक्षकले भीडबाट निकाले


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डितमाथि सार्वजनिक कार्यकक्रममा दुव्र्यवहार भएको छ ।

शुक्रवार ललितपुरको जाउलाखेलमा आयोजित आदीवासी जनताजीको एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री पण्डितमाथि आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले कार्यक्रम स्थलमा पसेर नाराबाजी गरेको हो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद्को बैठकमा अध्यक्षता गर्न बोलाइएका मन्त्री पण्डित विरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । बैठक बसिरहेको बेलामा कालो झण्डासहित पुगेका उनीहरुले मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए भने लोकसेवाको विज्ञापन खारेजीको माग गरेका थिए ।

वैठक स्थलमा होहल्ला बढेपछि मन्त्रीको सुरक्षामा खटिएका अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट बाहिर निकालेका थिए ।

मन्त्री पण्डितलाई आदिवासी  आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रविरोधी र आरक्षणविरोधी भन्दै उनीहरूले नाराबाजी गरेका थिए । मन्त्री बाहिरिएपछि पनि उनीहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : ५६ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना