वर्तमान सरकारमा सहभागी हुने सोच छैन : राप्रपा अध्यक्ष लिङ्देन « Khabarhub

वर्तमान सरकारमा सहभागी हुने सोच छैन : राप्रपा अध्यक्ष लिङ्देन


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताए ।

उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको बताए । त्यस्तै उनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए ।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : ३० बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको