'संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छ' | Khabarhub Khabarhub

‘संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छ’


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एक थरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरहेको उल्लेख गरे ।

‘संविधानप्रति वफादार रहेर हामीले शपथ खाएका छौँ, संविधानको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ भनेर वाचा गरेका छौँ, यो विषयमा हामी सधैँ चनाखो र सचेत रहनुपर्छ’, प्रदेश प्रमुख गुरुङले भने। संविधानले निर्दिष्ट गरेबमोजिम जनताको विश्वास जितेर काम गर्न नसकेमा अहिलेको व्यवस्था र संविधान विरोधी भावना अझ मौलाएर जाने उनको भनाइ छ । ‘हाम्रो आचरण, चरित्र जनताले हेरिरहेको छन्, बोली र व्यवहारमा हामी स्पष्ट र दृढ हुनुपर्छ’, प्रदेश प्रमुख गुरुङले भने।

जनताको अपेक्षा बढी भएको उल्लेख गर्दै उनले स्थानीय तहले स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी योजनाबद्ध विकासको खाका ल्याउनुपर्ने बताए । प्रदेश प्रमुख गुरुङले पोखरा महानगरको विकास, प्रगति र उन्नतिसँग देशकै भाग्य र भविष्य जोडिएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ५३ बजे

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज