झुटा तथा भ्रामक सूचनाको समस्यालाई सम्बोधन गर्न कार्यशाला हुँदै « Khabarhub

झुटा तथा भ्रामक सूचनाको समस्यालाई सम्बोधन गर्न कार्यशाला हुँदै


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा झुटा तथा भ्रामक सूचनाको विस्तार भइरहेको सन्दर्भमा यस्ता समस्यालाई सम्बोधन गर्न युथ इनोभेसन ल्याबले कार्यशाला आयोजना गर्ने भएको छ ।

युथ इनोभेसन ल्याबले सातै प्रदेशमा ‘अन्डरस्ट्यान्डिङ मिसइन्फर्मेसन एण्ड डिसइन्फर्मेसन’ विषयमा प्रदेशस्तरीय कार्यशाला आयोजना गर्न लागेको हो ।

युथ इनोभेसन ल्याबले विज्ञप्ति जारी गर्दै कार्यशालाको उद्देश्य युवा पत्रकार, कन्टेन्ट क्रिएटर, अभियन्ता, र युवा नेताहरूलाई झुटा तथा भ्रामक समाचारविरुद्ध ज्ञान र सीपहरू प्रदान गर्नु रहेको जनाएको छ ।

दुई दिने प्रदेशस्तरीय कार्यशालामा नेपालभरबाट कुल १ सय ४० जना प्रशिक्षकले प्रशिक्षण तालिम दिने जनाइएको छ । नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहायतामा, युथ इनोभेसन ल्याबद्वारा कार्यशालाको आयोजना गर्न लागिएको हो ।

कार्यशालामा सहभागी हुन चाहनेले २८ मार्च २०२३ बेलुकी ५ बजेसम्म अनलाइन फारम भर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ४७ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध