बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ « Khabarhub

बालाजुमा धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन पक्राउ


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा फरार रहेका तीनजनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद गरेको छ । पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ३० बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान