खोरेत रोग मुक्त अभियान सञ्चालन गरिँदै « Khabarhub

खोरेत रोग मुक्त अभियान सञ्चालन गरिँदै


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका लागि २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको छ । 

यसका लागि अध्ययनको काम सकिएको उनले बताए । गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उनले बताए । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ ।

ती वडामा रहेका पशु चौपायाको अवस्थाको अध्ययन सकेर खोप अभियान सुरु गर्ने चरणमा रहेको उनले जानकारी दिए। खोप अभियानका क्रममा वर्षमा दुई पटक खोरेतको खोप पशु चौपायामा लगाइने छ ।

 नेपाल सरकारको सन् २०३० सम्म खोरेत न्यूनिकरण गर्ने लक्ष्यलाई सफल बनाउनका लागि यो अभियान सञ्चालन गरिएको हो । अभियानसँगै यस वर्ष जिल्लामा एक लाख १० हजार खोरेत रोगविरुद्धको खोप पशुचौपायमा लगाइने छ । गत आर्थिक वर्षमा समेत सोही सङ्ख्यामा खोप लगाइएको कार्यालयले जनाएको छ ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा स-साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले  र्‍याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्षण देखा पर्ने उनले बताए । 

रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उनको सुझाव छ । निलोतुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी सङ्क्रमण नगरून् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेतविरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताए।

नेपालमा पहिलो पटक नमूनाको रुपमा यो अभियान गर्न लागिएको हो । खोरेतका कारण बर्सेनि पशुचौपायामा समस्या देखा पर्दा कृषकले नोक्सानी बेहोर्दै आएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ११ : ०८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन