काठमाडौंबाट लागूऔषधसहित एकजना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंबाट लागूऔषधसहित एकजना पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लागूऔषधसहित काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन्। उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत फेला परी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनको साथबाट ५१ ट्याब्लेट लागूऔषध, ११ थान सिरिन्ज, रेडमी मोबाइल तीन थान, वन प्लस मोबाइल एक थान, स्यामसुङ मोबाइल १० थान, भिभो मोबाइल तीन थान, वप्पो मोबाइल एक थान र आइफोन दुई थान बरामद भएको प्रहरीको भनाइ छ। यसका साथै उनको साथबाट प्रहरीले नगद २५ हजारसमेत बरामद गरेको छ।

उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : २५ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित