उपराष्ट्रपतिमा जसपाकी प्रत्याशी यादवद्वारा उम्मेदवारी फिर्ता « Khabarhub

उपराष्ट्रपतिमा जसपाकी प्रत्याशी यादवद्वारा उम्मेदवारी फिर्ता


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।

पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ । यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना