ओलीले आफ्नो स्वार्थका लागि चीनलाई उकास्‍ने प्रयास गरे : सांसद चौरासीया | Khabarhub Khabarhub

ओलीले आफ्नो स्वार्थका लागि चीनलाई उकास्‍ने प्रयास गरे : सांसद चौरासीया


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अजय चौरासीयाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता स्वार्थका लागि चीनलाई उकासेको आरोप लगाएका छन् । उनले मुस्ताङमा बौद्ध विश्‍वविद्यालय बनाउने विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी गैरजिम्मेवार भएको बताएका छन् ।

उनले भने, ‘कुनै पनि गाउँपालिकाले कुनै दूतावासलाई चिठी लेख्‍न सक्छ । त्यसमा सरकारको स्वीकृतिबिना कुनै पनि दूतावासले लगानी गर्न सक्दैन भन्‍ने त थाहा पाउनुपर्छ । अर्थ मन्त्रालयको स्वीकृतिबिना अघि बढ्दैन भन्‍नेसमेत हेक्का नराखेर ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिनु बरु राष्ट्रमाथिको गद्दारी हो ।’

‘जुन गाउँपालिकाले लगानीको माग गरेको थियो, त्यहाँ त एमालेका अध्यक्ष निर्वाचित भएका थिए । ओलीले कुनै प्रतिक्रिया दिँदा चीनलाई मुछ्नु चीनसँग गद्दारी हो भने ओलीले आफू प्रधानमन्त्री हुँदा भारतको सीमामा चिनियाँ लगानी भित्र्याउनु भारतसँग गद्दारी होइन र ?’ उनले प्रश्न गरे ।

कुनै पनि सीमामा कुनै पनि राष्ट्रले लगानी गर्न सक्ने उनको भनाइ छ । यस्तो हल्को टिप्पणी कुनै पनि पार्टीको नेताले गर्न नहुने चौरसियाले बताए । उनले भने, ‘न लगानी भएको छ, न त स्वीकृति नै दिइएको छ। तर, आफ्नो स्वार्थ पूरा गर्न चीनमाथि गद्दारी भयो भन्‍नु गलत हो ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ३ : १५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य

फरवार्ड लघुवित्तले १४ प्रतिशत बोनस दिने 

काठमाडौं– फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–०८१ को

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६

सबै निकायलाई ‘हाइ अलर्ट’मा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

म्याग्दी– मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा