सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य « Khabarhub

सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटानले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य अघि सारेको छ ।

भुटानबाट प्रकाशित हुने द भुटान लाइभ अनलाइनका अनुसार गत वर्ष उक्त मुलुकमा ९ जना औलोका बिरामी देखा परेका थिए ।

यसअघि भुटानले सन् २०१८ र २०२० मा औलो निवारण गर्ने लक्ष्य लिएको थियो । यद्यपि मुलुकको दक्षिणी सीमामा देखिएको समस्या र कोरोना भाइरसको महामारीका कारण उक्त लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

भुटानको स्वास्थ्य मन्त्रालयले औलो निवारणको अर्थ उक्त रोगलाई पूर्ण रुपमा निर्मूल पार्नु भने नरहेको स्पष्ट पारेको छ । सामुदायिक स्तरमा औलो निवारण भएपनि आयातित रुपमा यस रोग फैलिनसक्ने मन्त्रालयको भनाइ छ ।

औलो रोगबारे अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, सर्वेक्षणलगायतका कार्यलाई तीव्र पारिने स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यसका लागि जनचेतनामूलक कार्यक्रम र रोकथामका उपायजस्ता कदम पनि चालिने भुटान लाइभले उल्लेख गरेको छ । औलो रोग निवारण गर्न हरेक व्यक्तिले आफ्नो दायित्व समेत पूरा गर्नुपर्ने भुटानकी स्वास्थ्यमन्त्री ल्योन्पो डाशो डेचेन वाङ्मोले बताएकी छिन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ५२ बजे

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन