चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै | Khabarhub Khabarhub

चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो ।

सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ ।

नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।

युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिकरूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने बनाउनु यो सप्ताहको मुख्य उद्देश्य रहेको नेपाल राष्ट्र बैंकका निर्देशक एवं सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

यो सप्ताह मनाउने क्रममा विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतनामूलक कार्यक्रम गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने र वित्तीय चेतनामूलक ¥याली आयोजना गर्ने जनाइएको छ ।

ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचत गर, र कमाउ’ (लर्न सेभ अर्न) हो भने ११औँ शृङ्खलाका रूपमा मनाइने ग्लोबल मनी विक–२०२३ को नारा ‘आफ्नो पैसाको योजना बनाउ, आफ्नो भविष्य रोप’ (प्लान योर मनी, प्लान्ट योर फ्युचर) रहेको छ । यस वर्षको मनी विकले वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : १० बजे

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै