मकवानपुरमा ३६ हजारबढी भूमिहिन सुकुम्वासी « Khabarhub

मकवानपुरमा ३६ हजारबढी भूमिहिन सुकुम्वासी


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय भूमि आयोग मकवानपुरले मकवानपुरमा ३६ हजार बढी भूमिहिन सुकुम्वासी रहेको जनाएको छ । सो आयोगका अनुसार हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० पालिका रहेको मकवानपुरमा ३६ हजार एक सय ६८ भूमिहिन सुकुम्वासी रहेको आयोगले जनाएको छ ।

जिल्लामा आयोग स्थापना भएपछि आयोगले गरेको प्रगतिबारे जानकरी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा मकवानपुरको १० वटै स्थानीय तहमा तीन सय ७९ भूमिहिन दलित, दुई हजार चार सय ६३ भूमिहिन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ अव्यवस्थित भूमिहिन बसोबासी रहेको र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको जानकारी दिइयो ।

आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहिनको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकाले एक वर्षभित्र नै उनीहरूले लालपूर्जा प्राप्त गर्ने जानकारी दिए । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहिन दलितले लालपूर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अझै त्यहाँको ३० जनाले जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको बताए।

आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा दिइने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहिन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

यसैबीच भूमि अधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन् । हेटौँडामा सम्पन्न प्रथम नगर अधिवेशनले नगरअध्यक्ष पदमा न्यौपानेलाई चयन गरेको सो मञ्चले जनाएको छ ।

मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिङ, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन भएका छन् । यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएको मञ्चका जिल्ला सदस्य विष्णु आचार्यले जानकारी दिए । मञ्चका जिल्ला सदस्य आचार्यको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : ३४ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना