माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालास गर्दा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए । 

मृत अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तलाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए । 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ४१ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा