माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालास गर्दा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए । 

मृत अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तलाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए । 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ४१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक