छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-१ घर भएका २४ वर्षीय संदिप तामाङ रहेका छन् ।  

बाग्मती प्रदेश ०१-००३ क ८६९० नम्बरको मिनी टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ । 

उता सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका– ७ का घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् ।  ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : २४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक