बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल « Khabarhub

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए ।

सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरूले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका थिए ।

सहभागी व्यक्तिहरूले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिएको र दोहोरो योजनाका कारण जनता अलमलमा परेकाले  यस विषयमा स्थानीय सरकारका रूपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई साझा सहरका रूपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीवीको रचनात्मक सुझावको अपेक्षा गरिएको बताए ।

‘हामी बुटवललाई साझा सहरका रूपमा देशकै अगुवा सहर बनाउन चाहन्छौँ,’ उनले भने, ‘बुद्धिजीवी र अनुभवी साथीको साथ तथा सहयोग जरुरी छ ।’ कार्यक्रममा कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सा क्षेत्रका व्यक्तिले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रूपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।

चैत १ गते धार्मिक सङ्घ संस्थाका प्रमुखसँग, चैत २ गते महिला स्वयंसेविका र सामुदायिक वन र पार्कका अध्यक्षसँग छलफल गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ५८ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली