चर्को ब्याजदरविरुद्ध आन्दोलनरत व्यवसायीद्वारा विरोधका कार्यक्रम फिर्ता | Khabarhub Khabarhub

चर्को ब्याजदरविरुद्ध आन्दोलनरत व्यवसायीद्वारा विरोधका कार्यक्रम फिर्ता


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए ।

“बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ”, श्रेष्ठले भने ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ६ : २० बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल