संयुक्त परमाणु पनडुब्बी बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना | Khabarhub Khabarhub

संयुक्त परमाणु पनडुब्बी बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पनडुब्बी बनाउने योजना अघि सारेका छन् । यो योजना सार्वजनिक भएलगत्तै चीनले यसलाई गलत बाटो भनेको छ ।

एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सीमित गर्नको लागि तीन देशले यो योजना ल्याएको बीबीसीको खबरमा उल्लेख छ ।

तीन देशको सहमति अनुसार अष्ट्रेलियालाई कम्तिमा पनि तीन वटा परमाणु संचालित पनडुब्बी अमेरिकाले दिनेछ । यो अष्ट्रेलियाको पहिलो परमाणु पनडुब्बी हुनेछ ।

चीनले भने यो सम्झौताको कडा विरोध गरेको छ । तीन देश बीचको सहमति गलत बाटोमा जाने तयारी भएको चीनको टिप्पणी छ । चीनले तीन देश खतरनाक बाटोमा गएको आरोपसमेत लगाएको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ३५ बजे

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा