आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट | Khabarhub Khabarhub

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले विगत सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ । सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ ।

सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रु ३० लाखको लागतमा चारकोठे भवन वडा नं २ अत्रहटिमा निर्माण गरिएको हो । अबको दिनमा आयुर्वेद औषधालयमा थप सेवा विस्तारका साथै गाउँपालिकामा योगाहल निर्माणको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए । नवनिर्मित भवनबाट आगामी वैशाखदेखि सेवा सञ्चालन हुने छ ।

निःशुल्करूपमा सेवा प्रदान गर्ने भावनाले सरावल गाउँपालिका र नेपाल सरकारको सःशर्त अनुदानबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । निःशुल्क टिकटको माध्यमबाट सेवा प्रदान गर्ने दैनिक २५ देखि ३५ सेवाग्राही आउने गरेका मनरी आयुर्वेद औषधालयका कविराज निरीक्षक सन्तोषकुमार कहारले बताए ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, सुखी र निरोगी नेपाल तथा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा’ अवधारणाका साथ २०७२ असारमा स्थापना भएको सो औषधालयले सेवा प्रवाह गर्दैआएको छ । प्रत्येक महिनामा करिब सात सयदेखि आठ सय सेवाग्राही आउने भएकाले औषधि अभाव भएको केन्द्रले जनाएको छ । यस केन्द्रबाट सरावल गाउँपालिका साथै बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिकाबाट पनि सेवाग्राहीले सेवा लिइरहेका छन् ।

धेरैजसो महिला सेवाग्राही बढी आउने गरेको सेवा केन्द्रले जनाएको छ । सेवा केन्द्रबाट हाडजोर्नी दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, कब्जियत इत्यादि रोगको उपचार गरिँदै आएको छ । चालु आर्थिक वर्षको सात महिनामा करिब तीन हजार दुई सेवाग्राहीलाई सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ ।

हाल यस औषधालयमा कविराज, वैध, औषधि कुटुवा र कार्यालय सहयोगी गरी चार कर्मचारी कार्यरत छन् । यस्तै सेवा केन्द्रले आफ्नो स्थापनाकाल २०७२ असारदेखि २०८९ फागुनसम्म एक लाख, एक हजार, ६३ जनालाई सेवा प्रदान गरेको आयुर्वेद औषधालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ४५ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला