बाढी पहिरोले ११ जनाको ज्यान लियो, ८ जना बेपत्ता, १४ जना घाइते « Khabarhub

बाढी पहिरोले ११ जनाको ज्यान लियो, ८ जना बेपत्ता, १४ जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ ।

वर्षाले तराईका अधिकांश भूभाग जलमग्न बनेको छ । यस्तै पहाडी पहाडी क्षेत्रमा भने पहिरोले जनधनको क्षति पुर्‍याएको छ ।

देशका विभिन्न २० स्थानमा पहिरो गएको प्रहरीले जनाएको छ । त्यस्तै देशका १३ स्थानमा बाढीले क्षति पुगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछिको बाढी पहिरोमा परी देशभर ११ जना भन्दा बढीको ज्यान गएको छ भने ९ भन्दा बढी बेपत्ता भएको गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

काठमाडौंमा चार जनाले ज्यान गुमाएका छन् भने एक जना वेपत्ता भएका छन् । काठमाडौंका मूलपानीमा एक घरको पर्खाल भत्कदाँ टहरामा बसिरहेका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । त्यसै ललितपुरमा एक जनाको ज्यान गएको छ । काठमाडौंको बल्खु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

त्यस्तैगरि पर्सा, भोजपुर, रामेछाप, सिन्धुलीमा १/१ जनागरि ४ जनाको ज्यान गएको छ । त्यस्तै काभेमा २ जनाको ज्यान गएको छ भने धादिङमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर गरेर ८ जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ५३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र