तिलोत्तमामा वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा | Khabarhub Khabarhub

तिलोत्तमामा वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गरेका हुन् ।

नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिए । घोषणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने उनको विश्वास छ । 

कार्यक्रममा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरसफाइ अभियान आसपासका अन्य पालिकालाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे। सरसफाइ, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधि एकै ठाउँमा रहेको स्पष्ट पारे। 

प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नेपालले दिगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाइ अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा सुरु भएको सरसफाइ अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्राङ्गारिक खेतीमा जोड दिन सुझाव दिए । 

बागमती सरसफाइ महाभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सकेमात्र फोहरमैलाको दिगो व्यवस्थापन हुने बताए ।  जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तर्पालिका समन्वय हुनुपर्ने बताए । 

मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिँचाइ प्रणाली, वन, टोल विकास संस्था, व्यावसायिक सङ्घ संस्थाका प्रतिनिधिलगायतका नगरवासीको सहभागिता रहेको थियो । सो अवसरमा हरियाली प्रवर्द्धन तथा नगर सरसफाइ अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्वनगरप्रमुख वासुदेव घिमिरे र विभिन्न सङ्घ संस्थालाई सम्मान गरिएको थियो । 

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : २८ बजे

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला

बनेपामा सकेट बम भेटियो

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट