स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू « Khabarhub

स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा लक्षित गरी योजना लागू गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिने छ । निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै शंकास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए ।

स्ववियु निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको नामा प्रकाशन पछि अहिले विद्यार्थी संगठन प्रचारप्रसारमा लागि रहेका छन् । प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए । निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको पण्डितले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्ववियु निर्वाचनका लागि समन्वयात्मक सुरक्षा रणनीति अपनाइएको बताए । उनले भने, ‘स्ववियु निर्वाचन हुने कलेजमा कलेज प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ४८ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको