विश्वकप क्रिकेट लिग-२ : महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

विश्वकप क्रिकेट लिग-२ : महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ। यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल विजय भए एक दिवसीय क्रिकेटको विशवकप छनोट खेल्न पाउने छ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहान ९ बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले यूएईलाई दुई पटक पराजित गरिसकेको छ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो। नेपाल पुनः यूएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा हुनेछ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।

सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो।

घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा यूएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।

लिग २ मा दोस्रो पटक यूएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनः युएईसँग भिडन लागेको हो।

खाजको खेलमा विजयी भए यूएईलेसमेत एक दिवसीय मान्यता जोगाउने छ। एक दिवसीय मान्यता जोगाइ सकेको नेपालले विश्व कप छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नै पर्नेछ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ६ : २८ बजे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु

एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा

भारतले फेर्दैछ केराला राज्यको नाम

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न