बढेको ब्याजविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने « Khabarhub

बढेको ब्याजविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले निश्कर्ष निकालेका छन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४१ वटा व्यापार संगठन आबद्ध बैंकको ब्याजदरविरुद्ध मूल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।

बैक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७-८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७-१८ प्रतिशतसम्म बनाउँदा विकराल अवस्था बनेको’ उल्लेख गर्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् । संघर्ष समितिले उद्योगी व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।

‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योग ब्यवसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहन्छौं, संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : २९ बजे

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा, पारस भन्छन्- पर्यटनमा पनि सहयोग पुगेको छ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको