नेपाली मिडिया अब जनताको मिसन बन्नुपर्छ : सभामुख महरा « Khabarhub

नेपाली मिडिया अब जनताको मिसन बन्नुपर्छ : सभामुख महरा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो न्यूज च्यानलका रुपमा शुरु भएको सगरमाथा टेलिभिजनले १२ औँ वार्षिकोत्सव मनाएको छ ।

बबरमहलमा रहेको टेलिभिजनको केन्द्रीय कार्यालयमा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सभामुख कृष्णबहादुर महराले आफू सञ्चारमन्त्री हुँदा टेलिभिजनको स्थापना भएको स्मरण गर्दै इतिहास गौरवपुर्ण रहेको बताए । सभामुख महराले इतिहास संघर्ष गरेर निर्माण गरेको र अवस्था चुनौतीपूर्ण रहेपनि भविष्य उज्वल रहेको बताए ।

सभामुख महराले मिडिया देश र जनताको बन्नुपर्ने बताए । उनले पार्टी, व्यक्ति र समूहको हुनुपर्ने आवश्यकता नरहेको भन्दै सञ्चारमाध्यम जनताको मिसन बन्नुपर्ने बताए । उनले भने,‘यो देश र जनताको बन्नुपर्‍यो, कुनै पार्टी, व्यक्ति र समुह विषेश हुनु आवश्यक छैन । मिडियाले जनताको मिसन लिनुपर्छ, वास्तविक लोकतन्त्र भनेकै त्यही हो ।’

कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले देश विकासका लागि सञ्चारमाध्यमले निर्वाध रुपमा समाचार प्रशारण गर्न पाउनुपर्ने बताए । उनले भने,‘अन्याय अत्याचार परेका कुनै पनि दाजुभाईको हितमा मात्र सगरमाथा टेलिभिजन होइन सम्पूर्ण राष्ट्रकै गौरव भएको बताए ।

विकास र रोजगारको पर्खाइमा नेपाली रहेको भन्दै उनले भने,‘सरकार गम्भिर छ, तर अझ बढि राष्ट्रियताका सवालमा सरकार गम्भिर हुनुप¥यो । देश विकासका लागि हामी जिम्मेवार छौँ । भविष्यमा समेत अझ बढी जिम्मेवार बन्नेछौँ ।’

नेपालको पहिलो समाचार च्यानलका रुपमा समाचारको शिखर नेपालको गौरब भन्ने नाराका साथमा २०६४ साल असार २७ गते सगरमाथा टेलिभिजनको स्थापना भएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : २० बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।