नेपाली मिडिया अब जनताको मिसन बन्नुपर्छ : सभामुख महरा « Khabarhub

नेपाली मिडिया अब जनताको मिसन बन्नुपर्छ : सभामुख महरा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो न्यूज च्यानलका रुपमा शुरु भएको सगरमाथा टेलिभिजनले १२ औँ वार्षिकोत्सव मनाएको छ ।

बबरमहलमा रहेको टेलिभिजनको केन्द्रीय कार्यालयमा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सभामुख कृष्णबहादुर महराले आफू सञ्चारमन्त्री हुँदा टेलिभिजनको स्थापना भएको स्मरण गर्दै इतिहास गौरवपुर्ण रहेको बताए । सभामुख महराले इतिहास संघर्ष गरेर निर्माण गरेको र अवस्था चुनौतीपूर्ण रहेपनि भविष्य उज्वल रहेको बताए ।

सभामुख महराले मिडिया देश र जनताको बन्नुपर्ने बताए । उनले पार्टी, व्यक्ति र समूहको हुनुपर्ने आवश्यकता नरहेको भन्दै सञ्चारमाध्यम जनताको मिसन बन्नुपर्ने बताए । उनले भने,‘यो देश र जनताको बन्नुपर्‍यो, कुनै पार्टी, व्यक्ति र समुह विषेश हुनु आवश्यक छैन । मिडियाले जनताको मिसन लिनुपर्छ, वास्तविक लोकतन्त्र भनेकै त्यही हो ।’

कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले देश विकासका लागि सञ्चारमाध्यमले निर्वाध रुपमा समाचार प्रशारण गर्न पाउनुपर्ने बताए । उनले भने,‘अन्याय अत्याचार परेका कुनै पनि दाजुभाईको हितमा मात्र सगरमाथा टेलिभिजन होइन सम्पूर्ण राष्ट्रकै गौरव भएको बताए ।

विकास र रोजगारको पर्खाइमा नेपाली रहेको भन्दै उनले भने,‘सरकार गम्भिर छ, तर अझ बढि राष्ट्रियताका सवालमा सरकार गम्भिर हुनुप¥यो । देश विकासका लागि हामी जिम्मेवार छौँ । भविष्यमा समेत अझ बढी जिम्मेवार बन्नेछौँ ।’

नेपालको पहिलो समाचार च्यानलका रुपमा समाचारको शिखर नेपालको गौरब भन्ने नाराका साथमा २०६४ साल असार २७ गते सगरमाथा टेलिभिजनको स्थापना भएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : २० बजे

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर